इलाम ।

नेकपा एमाले माई नगर कमिटीले पार्टी सुदृढीकरण तथा विस्तारका लागि मिसन ग्रास रुट अभियान सुरु गरेको छ ।
अभियानका लागि माई नगर खटिएर आउनुभएका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री बसन्त कुमार नेम्वाङलेले पार्टी भित्र एमालेको बिचार र सिद्धान्तलाई पार्टीका सबै कार्यकर्ता सम्म पुर्याउने अभियान भएको बताउनु भएको छ।
अभियान अन्तरगत पार्टी सदस्यको सदस्यता नवीकरण, सदस्यता विस्तार, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । जनप्रतिनिधि र पार्टी बिच सम्बन्ध सुधारका लागि सुझाव संकलन गर्ने पनि अभियानको उद्देश्य रहेको बताईएको छ । आगामी निर्वाचनमा नेकपा एमालेलाई जनताको मतबाट बहुमत प्राप्त पार्टी बनाउने विश्वास प्रमुख व्यक्ता नेम्बाङको भनाई रहेको थियो।
कार्यक्रममा एमाले प्रदेश सदस्य टंक भट्टराईले अबको निर्वाचनमा एमालेलाई पहिलो दल बनाउन सबै किसिमका शंका उपशंकाको मानसिकता त्यागेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । पार्टीले अगाडी सारेको ग्रास रुट अभियानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अर्का बक्ता प्रदेश सचिवालय सदस्य ध्रुब श्रेष्ठले पार्टी सुदृढीकरण तथा विस्तारका लागि सुरु भएको मिसन ग्रास रुट अभियानलाई इलाममा प्रभावकारी रूपमा सञ्चालन गरिने बताउदै अभियानलाई प्रभावकारी बनाउन जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो ।
अभियान अन्तर्गत एमाले प्रदेश सदस्य बिन्दु लाम्गादे, जिल्ला उपसचिव बिष्णुमाया आचार्य, जिल्ला कमिटी सदस्य दिपक कुमार थेबे, श्याम कृष्ण घिमिरे, दाबा तामाङ लगायतले मन्तब्य राख्नु भएको थियो।
एमाले नगर कमिटी अध्यक्ष खम्बा सिं लिम्बुको अध्यक्षता सचिव हेम बहादुर लायो मगरको सन्चालन र सदस्य राजकुमार गड्तौलाले गर्नु भएको थियो। अभियान अन्तर्गत फागुन-२२ गते बाट वडा वडामा कार्यक्रम सन्चालन गरिने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो।


























