हराइरहेका चार किशोरी भेटिए

0
90

पथरीशनिश्चरे ।

गत फागुन ०८ गते सोमबारदेखि हराइरहेका ४ किशोरी परिवारको सम्पर्कमा आएका छन् ।

उनीहरुलाई रौटहटको मौलापुरबाट नियन्त्रणमा लिई परिवारको जिम्मा लगाइएको हो । नेपाल प्रहरी, परिवार तथा माइती नेपालको अथक प्रयासबाट परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी लक्ष्मी भण्डारी जानकारी दिए ।

फेला परेका उनीहरुमध्ये २ जना पथरीशनिश्चरे–१ वडाकी १६ वर्षीया सलिना चौधरी र १८ वर्षीया नम्रता धिमाललाई प्रहरीले काठमाडौंस्थित परिवारको अनुमतिमा आफन्तको जिम्मा लगाएको छ भने मोरङ हस्पिटल अगाडि डेरा गरी बस्ने रेनुका र अर्की एक किशोरी पथरीशनिश्चरे–१ स्थित घर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनीहरूले साथी–साथी मिलेर घुमफिर गर्न घरबाट हिँडेको भन्दै प्रहरीलाई बयान दिएको जनाइएको छ ।

यता, हराइरहेका ती किशोरीहरूको खोज तलासको लागि गत फागुन ९ गते तीनवटै परिवारले माइती नेपाल विराटनगर र पथरी प्रहरीसमक्ष जाहेरी दिएको सलिनाका बुबा सरोज चौधरीले जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here