पथरीशनिश्चरेमा अस्पतालजन्य फोहोरमैला निर्मलीकरणका लागि अटोक्लाभ मेसिन

0
119

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे -२ स्थित नगर अस्पतालमा अस्पतालजन्य फोहोरमैला निर्मलीकरणका लागि निशुल्क अटोक्लाभ मेसिन उपलब्ध भएको छ।

नेपाल सरकारको स्वास्थ्य सेवा विभागबाट १४ लाख ५० हजार बढि मुल्य पर्ने एउटा १ सय ५० लिटर र ७५ लिटर क्षमता भएका २ वटा गरी जम्मा ३ वटा अटोक्लाभ मेसिनहरु अनुदानमा उपलब्ध भएका हुन् ।

विशेषगरी बर्थिङ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेका स्वास्थ्य चौकी र अस्पतालबाट निस्किएको फोहोरमैलाहरूलाई निर्मलीकरण गर्न ति अटोक्लाभ मेसिनहरु प्रयोग गरिने नगर स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्यले जानकारी दिनुभयो।

उहाँले फागुन -१६ गते आएका ७५ मिटर क्षमताका अटोक्लाभ मेसिनहरुलाई शनिश्चरे र हसन्दह स्वास्थ्य चौकीमा प्रयोग गरिने छ भने करिब एक महिना अघि ल्याईएको उक्त मेसिनबाट निर्मलीकरण गरिने बताउनुभयो।

उहाँले अस्पतालबाट निस्किएको फोहोरमैलाहरूलाई सो मेसिनबाट निर्मलीकरण गरेपछि अनावश्यक चीजहरू डम्पिङ साईटमा पठाईने बताउनुभयो।

जग्गादाता तथा समाजसेवी बाबुराम राईको समेत उपस्थिति रहेको सो अवसरमा पथरीशनिश्चरे नगरस्थित नगर स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्यले अस्पतालजन्य फोहोरमैला निर्मलीकरण गर्ने तरिका पनि बताउनुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here