नेपाल-भारत सम्बन्धको मुल आधार: आर्थिक ,सामाजिक विकास

0
194

काठमाण्डौं ।

नेपाल र भारत बिचको सम्बन्ध आदिमकाल देखि सुमधुर त छदैछ त्यो भन्दा पनि बढी जनस्तरसम्मको सम्बन्ध प्रगाढ रहेको छ।नेपाल -भारत बिचको जस्तो मैत्री सम्बन्ध संसारको अरु कुनैदेशमा छैन।

नेपालको बिकाश र यहाका जनताको समृद्धिकोलागि भारतीय सहयोग अपरिहार्य बन्दैगइरहेको छ।भारतको जोड नेपालमा कसरी बिकाश गर्न सकिन्छ भन्ने छ र नेपाल -भारत मित्रताको साथसाथै बिकाशमा पनि फाइदा हुने भएकोले भारत सरकार नेपालको समृद्धि र बिकास आवश्यक पर्ने सबै खालको आर्थिक तथा प्राबिधिक सहयोग गर्न भारत सरकार पुर्ण रुपले लागि परिरहेको छ।

नेपाल र भारत बिचका मित्रताका कयौं उदाहरण हरु इतिहास बनिसकेका छन भने दुबै मुलुक नयाशिराबाट नवीन इतिहास रचना गर्दै पारस्परिक सद्भाव,सहयोग र मित्रतालाइ अझ उचाइमा पुर्याउन दुबै मुलुकले सकारात्मक भुमिका खेलिरहेका छन।नेपाल -भारत आर्थिक रुपमा एकअर्का सङ्ग निर्भर रहेको र यसलाइ अझ सुदृढ बनाउदै लैजानुपर्ने पक्षमा नेपाल र भारत दुबै पक्षले काम गरिरहेका छन।

भारतले बिकास साहायता,थप मजबुत कनेक्टिभिटी ,बृहत पुर्वाधार तथा आर्थिक परियोजनाहरुलाइ नेपाल -भारत बिचको सम्बन्धको प्रमुख चार खम्बाको रुपमा व्याख्या गरेको छ।भारतले उल्लेख गरेका चारवटै आर्थिक परियोजना नेपालको आर्थिक बिकास सङ्ग जोडिएको छ।नेपालका युवापुस्ता लाई भारतमा उपलब्ध शिक्षाका अबसरमा सहज र थप पहुचपनि नेपाल-भारत सम्बन्धको नयाआधार हो।भारतले नेपालमा आफ्ना कार्यक्रमहरु चयन गर्दा पनि नेपालको प्राथमिकताका आधारमा नै गर्ने गरेको छ।

नेपाल र भारत दुबै देशका नंयापुस्ताका आकाक्ष अनुसार डिजिटल ट्क्नोलोजिमा पछिल्ला बर्षमा बिकाशलाइ आत्मासात गर्दै दुईपक्षिय सहकार्यलाई बिकासगर्दै लैजानुपर्ने समान धारणा बनाउनु पर्ने देखिन्छ।

नेपाल र भारत बिच विभिन्न तहका बैठक र संयन्त्रहरु नियमित र थप क्रियासिल बनाउदै लानुपर्ने र नेपाल – भारत बिच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाइ मध्यनजर गरेर द्विपक्षीय सहयता तथा सहकार्य लाई अझ दिगो बनाउदै लैजानु पर्नेछ ।नेपाल -भारत सम्बन्ध दुबै देशका जनताको हितमा रहेको र दुबै मुलुकले आफ्ना भाबीपुस्ता प्रती जवाफदेही हुनुपर्ने साथै युवाहरुको आकाक्षलाई पूरा गर्न आवश्यक छ।भारत नेपालको हरेक सुख दु:खको साथी र सहयात्री बन्दै आइरहेको छ।

२०७२ को माहाभुकम्प देखि कोरोनाको जटिल परिस्थितिमा नेपाललाई सहयोग घोषणा गर्ने पहिलो रास्ट्र भारत बनेको थियो।नेपालमा भुकम्प जादा होस या कोरोना संक्रमणको बेला भारतले नै नेपाललाई आर्थिक तथा प्राबिधिक सहयोग गरेको थियो।कोरोना माहामारिले निम्त्याएको विषम परिस्थितिको बाबजुद सहकार्यका बिबिध क्षेत्रमा भएका उल्लेखनीय प्रगतिमा दुबै सरकारले सन्तुष्टि व्यक्त गरेका छ।

यस अबधिमा सिमामा व्यापार र वाणिज्यको सहज र निर्वाध गतिविधि तथा बिकास परियोजना हरुको सक्रिय कार्यन्वयन सुनिस्चित गर्न भारत सरकारले गरेको सहयोग र भुमिकामा नेपाली जनता र नेपाल सरकारले सराहना व्यक्त गर्दै आइरहेका छन र आगामी दिनमा अझ प्रगाढ सम्बन्ध स्थापित हुँदै जानेमा ढुक्क छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here