इटलीबाट भारतमा उच्चस्तरीय भ्रमण हुँदै

0
119

काठमाण्डौं ।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी प्रमुख अतिथिको रूपमा नयाँ दिल्लीमा आयोजना हुने आठौँ रायसिना संवादमा भाग लिन मार्चको पहिलो हप्तामा भारत आउने कार्यक्रम तय भएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उपप्रधानमन्त्री तथा विदेशमन्त्री एन्टोनियो ताजन र उच्चस्तरीय व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इटालीका प्रधानमन्त्रीले मार्च २ र ३ गते भारत भ्रमण गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । सन् २०१८ पछि इटलीबाट भारतमा हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मेलोनीले द्विपक्षीय विषयमा छलफल हुनेछ । “भारत र इटालीले यसवर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष मनाउँदैछन् ।

बहुपक्षीय एवं द्विपक्षीय सम्बन्ध साझा सांस्कृतिक मूल्य, मान्यता, आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने प्रतिबद्धता र हरित ऊर्जा प्रवद्र्धनका साथै विज्ञान र प्रविधि र रक्षाका क्षेत्रमा विशेष छलफल हुनेछ” विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here