कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

0
269

झापा।

झापाको कान्काई नगरपालिका–३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

बा १८ च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएकी पैदल यात्री कनकाई नगरपालिका–३ कि ३६ बर्षीया सावित्रादेवि भण्डारीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालक कमल गाउँपालिका–६ का नित्यानन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्याालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here