अर्जुनधारा,झापाको अर्जुनधारा–८ शनिश्चरे बजारस्थित एम्स एकाडेमीको २५औं स्थापन दिवस बिहीबार विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष रमेश नेपालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) झापाका अध्यक्ष गौरीमान फागोले उद्घाटन गरेका थिए ।
शिक्षक एवम् कार्यक्रम संयोजक मोहम्मद अजरुद्घीन अलीको संयोजकत्व रहेको कार्यक्रममा विद्यार्थीहरुले रायम्स, गीत, नृत्य, कविता, लघु नाटक, फेसन सो आदि प्रस्तुत गरेको विद्यालयका संस्थापक टिआर गौतमले जानकारी दिए ।
सोही कार्यक्रममा उत्कृष्ट शिक्षक सम्मानबाट शिक्षकद्घय मोहम्मद अजरुद्घीन अली र नन्दकुमार चापागाईंलाई सम्मानित गरिएको थियो । शिक्षासेवी गौतमशर्मा शिवाकोटीलगायतले मन्तव्य राखेको कार्यक्रममा प्याब्सन अर्जुनधाराका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, सचिव राजेशकुमार आचार्य, शनिश्चरे प्रहरी चौकीका प्रमुख वरिष्ठ सई कुमार ढकाल, ट्राफिक प्रहरी प्रमुख प्रसनि डिल्ली तिम्सिना, विद्यालय अनुगमन उपसमितिका संयोजक कमल पोखरेल, सल्लाहकारद्वय कुसुम राई र किरण कटुवाललगायतको उपस्थिती रहेको थियो ।
प्रधानाध्यापक ओमप्रकाश ओझाले स्वागत, सहायक प्रधानाध्यापक यमनकुमार दनुवारले मंगलाचरणसहित कविता प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षकद्घय फडिन्द्रदेव खनाल र त्रिलोचन दाहालले गरेका थिए । सोही कार्यक्रम अन्र्तगत सांस्कृतिक कार्यक्रमको सञ्चालन भने विद्यार्थीहरु आयुष सापकोटा, मुना तिम्सिनालगायतले गरेका थिए ।































