उद्योग वाणिज्य संघ रोङमा राई

0
135

गणेश अर्याल, इलाम । 


रोङ उद्योग वाणिज्य संघको पहिलो साधारण सभा नगेन्द्र राईको अध्यक्षतामा नया कार्यसमिति चयन गर्दै आज इलामको रोङ गाउपालिकामा सम्पन्न भएको छ ।

समितिको उद्योग उपाध्यक्षमा अर्जुन ढकाल, बाणिज्य उपाध्यक्षमा डाइमण्ड तिम्सिना र महिला उपाध्यक्षमा सिता न्यौपाने चयन हुनु भएको छ । त्यसैगरी महासचिबमा माधब निरौला र सचिबमा नन्दकुमार गुरुङ चयन हुनु भएको छ । समितिको अन्य सदस्यहरुमा शुष्मा शर्मा ढकाल, कृष्ण श्रेष्ठ, रचनामाया भूजेल, डिना तामाङ, भरत राई, कमल प्रसाद अर्याल, तेबहादुर राइ र रामबहादुर भूजेल चयन हुनु भएको छ ।

सभाले चिन्तामणि बरालको सम्योजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा उषा पौडेल( भुजेल) र दिनेश निरौला रहनु भएको छ । निर्बाचन कार्यक्रम अनुसार प्रत्येक पदमा एक एक जना उम्मेद्वारको मात्र मनोनयन परेकाले सञ्चालक समिति र लेखा समितिलाई निबिरोध निर्बाचित भएको घोषणा गरिएको निर्बाचन उपसमितिका सम्योजक गणेश अर्यालले जानकारी दिनु भएको छ । नव निर्बाचित समितिका अध्यक्ष इको चिया उत्पादक सहकारी सस्थाका सञ्चालक समितिका सदस्य समेत रहेका छन् ।

यस अघि सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रोङ गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले नीजि क्षेत्रको बिकास नभइ देश बिकास हुन नसक्ने बताउनु भएको छ । उद्योग बाणिज्य संघले गर्ने हरेक कार्यहरुमा गाउपालिका सहकार्य गर्न तयार रहेको बताउदौ रोङ गाउपालिका अध्यक्ष स्याङबोले बितीय साक्षरता कार्यक्रममा उद्योग बाणिज्य संघको भूमिका महत्व पूर्ण हुने बताउनु भयो ।

कार्यक्रममा सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले भारत सग को पशुपतिनगर नाकाबाट हुने कारोबार ब्यवस्थित बनाउन सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सदस्य प्रेमराज गुरुङ रोङ ३ का वडा अध्यक्ष मात्रिका बराल इको चिया उत्पादक सहकारी सस्थाका अध्यक्ष रनबहादुर गुरुङ पामकोल बचत तथा ऋण सहकारी सस्थाका गोपाल निरौला लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

उद्योग बाणिज्य संघ रोङमा ३ वटा संघ सस्था सहित ८४ जना सदस्य रहेको नवनिर्बाचित समितिका महासचिब माधव निरौलाले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here