अवैध भारतिय रुपैँयासहित दुई जना पक्राउ

0
106

मोरङ ।

मोरङको बिराटनगर–१५ बाट स्रोत नखुलेको अवैध भारतिय रुपैँयासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेका दुबै जनालाई चेक जाँचको क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको भारतिय रुपैँया ७ लाख २० हजार बरामद गरेको हो ।

स्रोत नखुलेको अबैध रकम बरामद भएसंगै पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here