प्रोग्रेसिभ इन्जिनियर्सको नेतृत्व चयन

0
252

सुरुङ्गा ।

नेकपा एमाले समर्थित प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) को दोस्रो झापा जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

सर्वसम्मत चयन गरिएको ११ सदस्यीय समितिको अध्यक्षमा वसन्त शिवाकोटी, उपाध्यक्षमा रोशन भट्टराई, सचिवमा विक्रम घिमिरे, सहसचिवमा भिजन भण्डारी र कोषाध्यक्षमा प्रकृति ढुङ्गाना रहेका छन् ।

समितिको सदस्यमा दिवस ओली, अनिल अधिकारी, साजन साम्पाङ र सुमन ओली चुनिएका छन् । बाँकी २ सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट छनोट गरिने बताइएको छ ।

कृष्ण निरौलाको अध्यक्षता, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य उर्मिला थेबेको प्रमुख आतिथ्य र केन्द्रीय लेखा आयोग सदस्य जसमाया गजमेरको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रम परिवेश फुयाँलले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here