दुधे ।

तेस्रो कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान प्रतियोगितामा शुक्रबार भएको खेलमा आयोजक दुधे भेट्रान क्लब फाइनल प्रवेश गरेको छ । दुधे रंगशालामा भएको खेलमा हाम्रो धरान भेट्रान क्लबलाई २–० गोलले पाखा लगाउदै आयोजक फाइनल प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको ४ औं मिनेटमा आयोजकका मोहन तामाङको पासमा भीष्म खरेल(बिनोद)ले उत्कृष्ट गोल गर्दै अग्रता लिएको हो । पहिलो हाफमा १–० को नतिजामा खेल सकियो ।
आयोजकले आफ्नो दबाबमा राखेको खेलमा दोश्रो हाफको ५५ आँै मिनेटमा महेश सरकारले मैदानको बिच भागबाट गरेको लामो प्रहारले सिधै गोल पोसको जालि चुमेसगै आयोजकले जित आफ्नो पोल्टामा पारेको हो ।
खेलको म्यान अफ दि म्याच विजेता टिमका सचिन्द्र धिमाल घोषित भए । भोलीको अन्तिम सेमिफाइनल खेल झापाको कनकाइ भेट्रान क्लब र सुनसरीको तरहरा भेट्रान क्लब बिच हुने आयोजक समितिका बिनोद खरेलले बताएका छन ।
प्रतियोगिताको विजेताले रु १ लाख १ हजार र उपविजेताले रु ५१ हजार सहित मेडल,ट्रफि र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट टुनामेन्टलाई पुरस्कृत गरिने छ ।
प्रतियोगितामा सहभागि मध्ये टिमबाट प्रत्येक खेलमा उत्कृष्ट खेलाडिलाई म्यान अफ दि म्याचको रुपमा पुरस्कृत गरिने छ ।

























