सामुदायिक वनको चुनावमा उमेरद्वार प्रतिबद्धता सहित घरदैलोमा

0
315

विमल दहाल, माई ।

स्थानीय तह निर्वाचनको झझल्को दिने गरी उमेद्वारहरु प्रतिबद्धता सहित उपभोक्ताको घरआँगनमा गएका छन्।

नमुना सामुदायिक वन समुह उपभोक्ता समुह माई-२ र ४ को फाल्गुन-२० गते शनिबार हुने निर्वाचनमा मुख्य पदमा सहमति नभए पछी निर्बाचन हुन लागेको हो।

अध्यक्ष, सचिब र कोषाध्यक्ष पदमा शनिवार निर्बाचन हुने बताईएको छ। अध्यक्षका लागि घैला चिन्हबाट केशब दाहाल(कोबित), घडी चिन्हबाट खड्ग भट्टराई, तराजु चिन्हबाट मिना राई र मान्छे चिन्हबाट राम राई प्रतिस्पर्धामा हुनुहुन्छ।

सचिबमा रेडियो चिन्हबाट जुनु राई र साईकल चिन्हबाट धन बहादुर कार्की चुनाबमा उत्रिनु भएको छ। त्यस्तै कोषाध्यक्षमा मादल चिन्हबाट अम्बिका चौहान र परेवा चिन्हबाट सुनिता परियार रहेनु भएको छ ।

करिब ६ सय ५० उपभोक्ता रहेको सामुदायिक बनको निर्बाचनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरिएको हो। स्थानीय तहको निर्वाचन झै सबै उमेद्वार आआफ्ना प्रतिबद्धता सहित उपभोक्ताका घरघरमा पुगि रहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here