रघुनाथ स्मृति भवन उद्घाटन

0
100

बिर्तामोड ।

उप्रेती समाज सेवा झापाले बिर्तामोड नगरपालिका–४मा रघुनाथ स्मृति भवन उद्घाटनसँगै ५औं अधिवेशन तथा ११औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

उप्रेती समाजको बिर्तामोडमा शनिवार भएको पाँचौ अधिवेशनले डिल्लीराम उप्रेतीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण उप्रेती, कमल उप्रेती, महिला उपाध्यक्षमा अम्बिका उप्रेती, सचिवमा चन्द्रमोहन उप्रेती, सह–सचिवमा निर्मल उप्रेती, कोषाध्यक्षमा रामप्रसाद उप्रेती सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यमा बिष्णु उप्रेती, यशोदा उप्रेती, कमला उप्रेती, नारायण उप्रेती, राजेश उप्रेती, टीका उप्रेती, मिनप्रकाश उप्रेती, सूर्य उप्रेती, हरि उप्रेती, जर्नादन उप्रेती, देविका उप्रेती, बिमल उप्रेती, शंकरमणि उप्रेती र बिकास उप्रेती सर्वसम्मत चयन भएका सञ्चारकर्मी टीकाराम उप्रेतीले जानकारी दिए ।

नयाँ कार्य समितिलाई निर्वाचन समितिका संयोजक टंक उप्रेतीले शपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । उप्रेती समाज सेवा झापाका अध्यक्ष चिरञ्जीवी उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख समेत रहेका प्रेमप्रकाश उप्रेतीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

स्वागत तथा समाजको प्रतिवेदन उप्रेती समाज सेवा झापाका उपाध्यक्ष डिल्ली उप्रेतीले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रेमप्रकाश उप्रेती, संग्रौला समाजका केन्द्रीय अध्यक्ष दिलीप संग्रौला, जग्गादाता मोहन उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चुडाल बन्धु समाजका केन्द्रीय अध्यक्ष गोपाल चुडाल, शिवाकोटी समाज झापाका अध्यक्ष तेजप्रसाद उप्रेती, नेपाल बार एशोशिएशन झापाका पूर्वअध्यक्ष टंक उप्रेतीलगायत उप्रेती बन्धुहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन चन्द्रमोहन उप्रेतीले गरेका थिए ।

पहिलोपटक २०४८ सालमा गठन भएको उप्रेती समाज सेवा झापालाई दु्रतगतिमा संगठित गरेर अगाडि बढाउने उद्देश्यले २०५८ सालमा चिरञ्जीवी उप्रेतीको अध्यक्षता तदर्थ समिति निर्माण गरी उप्रेती बन्धुहरुलाई संगठित गरिँदै आएको थियो । हाल समाजको जग्गा, भवन, घेराबारा, भौतिक सामाग्री र अन्य समेत गरेर करिब ९ करोड रुपैयाँ बराबरको सम्पत्ति भएको चिरञ्जीवी उप्रेतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here