झापा आन्दोलनको ५० वर्ष पूरा

0
226

झिलझिले,

कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलनको ५० वर्ष पूरा भएको छ । झापामा प्रत्येक वर्ष फागुन २१ गते कुनै न कुनै कार्यक्रम गरेर कम्युनिष्टले सहिदलाई सम्झने गरेका छन् ।

तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिने गरेका छन् ।

झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र विरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी सहिद स्मृति दिवस’ मनाउने गरिन्छ ।

यो वर्ष नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सहिदको स्मृतीमा रक्तदान कार्यक्रम गरेर सहिदलाई सम्झिएको छ । राष्ट्रिय युवा संघ झापाले नेकपा एमालेको पार्टी कार्यालय विर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेर सहिदलाई सम्झिएको हो ।

युवा संघ झापाका अध्यक्ष फुर्वा तामाङका अनुसार ५१ जनाले ले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा संविधान सभाका सदस्य समेत रहेका नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्की समेतले रक्तदान गरेका थिए ।

यसैविच राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटीको कार्यालय समेत एक कार्यक्रमका विच आइतबार उद्घाटन भएको छ । ५० औं सुखानी सहिद स्मृती दिवसको अवर पारेर कार्यालय उद्घाटन भएको राष्ट्रिय युवा संघ झापाले जनाएको छ ।

एमाले जिल्ला पार्टी कार्यालय झापा संग मौजुदा रहेको एउटा कोठा युवा संघलाई कार्यालय प्रयोजनका लागि पार्टीले प्रदान गरेको थियो । सोही कोठा कार्यालय प्रयोजनका लागि उपभोग हुने युवा संघ झापाका अध्यक्ष तामाङ्गले बताए ।

एमाले झापाका अध्यक्ष कार्कीले कार्यालयको पनि उद्घाटन गरेका थिए । सो कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय सदस्य निषा लिम्बु, अनेरास्ववियुका केन्द्रिय सचिव मनोज ताम्ली, युवा संघका केन्द्रिय सचिवालय सदस्य सागर पोर्तेल, प्रदेश कमिटी सदस्य सन्तोष पौडेल, एमाले झापाका सचिव शिव ढुँगेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here