अर्जुनधारामा राष्ट्रिय सेवा दल ४६ औं जुनियर डिभिजनको रक्तदान कार्यक्रम

0
203

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय अन्र्तगतको राष्ट्रिय सेवा दल ४६ औं ब्याच जुनियर डिभिजनको आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा शनिश्चरे बजारस्थित ज्येष्ठ चौतारीमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि ज्येष्ठ नागरिक रामचन्द्र मैनालीले उद्घाटन गरेका थिए ।

डिभिजनका प्लाटुन कमाण्डर सन्देश घर्ती मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वडा सदस्य सरु बुढाथोकी, निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, अर्जुनधारा–४स्थित टोल विकास समितिका उपाध्यक्ष कुमार राई, विद्यालयकी संस्थापक ईश्वरा श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका संयोजक सीपी सुवेदीका अनुसार उक्त कार्यक्रममा २६ पुरुष र ३ महिला गरि जम्मा २९ जनाले रक्तदान गरेका थिए । डिभिजनका क्याडेट रोमन थपलियाले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक सुवेदीले गरेका थिए ।

सोही दिन मानवीय सेवा तथा सामाजिक कार्य गर्ने उद्देश्यले नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फडिन्द्र थापाको अध्यक्षतामा सम्पन्न भेलाबाट पूर्व राष्ट्रिय सेवा दल अर्जुनधारा तदर्थ समिति गठन भएको बताइएको छ ।

नवगठित समितिको संयोजकमा रोमन थपलिया, सहसंयोजकमा कुशल महतरा र सदस्यहरुमा सन्देश घर्ती मगर, रिजन थापा मगर, पूजा गौतम, भूमिका पौडेल, वर्षा सुवेदी, रिसर्च कोइराला र मीना प्याकुरेल चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here