‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम

0
207

अर्घाखाँची,

अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

क्याल्सियमको कमी भइ बच्चा कुपोषित हुने अवस्थाको अन्त्य गर्ने उद्देश्यले हजार दिने आमाहरूलाई निःशुल्क क्याल्सियम वितरण गरिएको हो । वडा अध्यक्ष पौडेलका अनुसार पोषणयुक्त सामग्रीअन्तर्गत ४० जना आमालाई एक क्यारेट अण्डा र सुत्केरी महिलालाई एक–एकवटा तौलिया वितरण गरिएको थियो । वडाले यसै वर्ष स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने अध्यक्ष पौडेलको भनाइ छ ।

उक्त अवसरमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाका कर्मचारीलाई झोला वितरण गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडासदस्य खगेश्वर पौडेल, हरिप्रसाद पौडेल धातिवाङ माविका प्रधनाध्यापक हिमलाल पौडेल, स्वास्थ्य संस्था सञ्चालन समितिका सदस्य दुर्गा न्यौपाने पौडेललगायतले पोषणमैत्री वडा बनाउन सबैको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here