जलेश्वर सामुदायिक सिकाइ केन्द्रद्वारा तरकारीको बिउ वितरण

0
121

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रले पाँच वटा कृषक समूहलाई तरकारीको बिउ वितरण गरेको छ ।

संस्थाले शुरु गरेको आयमुलक कार्यक्रम अन्र्तगत अर्जुनधारा–८ का उर्जाशील कृषक समूह, भाग्यलक्ष्मी कृषक समूह, शीतला कृषक समूह र सिंहदेवी कृषक समूहसँगै अर्जुनधारा–९ का मनकामना आमा कृषक समूहलाई काँक्रा, भिन्डी र घिरौलाको बिउ वितरण गरेको केन्द्रकी अध्यक्ष पुनम सुवेदीले जानकारी दिइन् ।

केन्द्रकी अध्यक्ष सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राथमिक विद्यालयकी प्रधानाध्यापक सुजता सापकोटालगायतले समूहका प्रतिनिधिहरुलाई उक्त बिउ हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा शितला कृषक समूहकी कृष्णमाया आचार्य, सिंहदेवी कृषक समूहका मेदनी गुरागाईंलगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन केन्द्रकी सदस्य इन्दिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here