पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द

0
83

तनहुँ,

पृथ्वीराजमार्गअन्तर्गत विमलनगरदेखि घाँसीकुवासम्मको पूर्वी सडक खण्ड विस्तार गर्नुपर्ने भएकाले दैनिक चार घण्टा बन्द हुने भएको छ ।

यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको हो । अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारीसाधान सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरी सुरक्षित तरिकाले सडक विस्तार कार्य गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको उहाँले बताउनुभयो ।

पूर्वी खण्डमा करिब ४० किलोमिटर सडक विस्तारको कार्य तीव्र गतिमा भइरहेको छ । आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएअनुसार निर्माण अघि बढाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here