चीनमा पुनः लकडाउन हुने भएपछि , बिरोध शुरु

0
223

एजेन्सी,

चीनको एउटा सहरमा लकडाउनको सुझाव दिएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू भड्किएका छन् ।

इन्फ्लुएन्जाका घटनाहरू बढ्दै गएपछि चीनको शान्सी प्रान्तको सियान शहरका अधिकारीहरूले आपतकालीन प्रतिक्रिया योजना घोषणा गरेका छन्। यसअन्तर्गत फ्लुको अवस्था गम्भीर देखिएपछि बजार, विद्यालय र अन्य भीडभाड हुने ठाउँहरू बन्द गर्न भनिएको थियो । इमर्जेन्सी रेस्पोन्स प्लानमा चार तह छन्, जसमा अन्तिम तह लकडाउनको हो।

लकडाउनको आशंका देखेर प्रयोगकर्ताको रिस उठ्यो र सामाजिक सञ्जालमा यो योजनाको चर्को विरोध भएको थियो । यो योजना कोरोना अवधिमा तीन वर्षसम्म मुलुकमा लागू गरिएको शून्य कोभिड नीति जस्तै भएको प्रयोगकर्ताहरुको भनाइ छ । कोभिड–१९ सम्बन्धी कठोर नीतिका कारण चीनले विश्वभर आलोचनाको सामना गर्नुपरेको छ ।

कोभिडको समयमा सियानमा कडा लकडाउन

CNN को रिपोर्ट अनुसार डिसेम्बर 2021 र जनवरी 2022 को बीचमा सियान सहरका ३० लाख मानिसहरु कोरोनाका कारण कडा प्रतिबन्धका कारण हप्ताहरु सम्म घरमा थुनिएका थिए।

प्रतिवेदनका अनुसार चीनमा फ्लूका घटनामा तीव्र वृद्धि भएको छ। जसका कारण औषधि पसलमा अत्यावश्यक औषधिको अभाव भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here