लागूऔषध र नक्कली नोट सहित दुई जना बिर्ताामोडबाट पक्राउ

0
98

झापा।

झापाको बिर्तामोड नगरपालिका–४ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपान २८ ट्यावलेट र नक्कली नेपाली नोट हजार रुपैयाको ८८ थान, पाँच सयको दुई थान, अष्ट्रेलियन नोट एक सयको तीन थान, अन्य देशहरुको नोट ११ थान, सक्कली नेपाली रुपैयाँ तीन हजार र मे ५ प ९७९७ नम्वरको मोटरसाईकल बरामद भए सगै २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीयालाई पक्राउ गरिएको हो ।

लागूऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here