कमलमा प्रशासनिक भवन र १५ शैयाको अस्पताल बन्ने निश्चित

0
63

उमानाथ भण्डारी,
कमल ।

झापाको कमल गाउँपालिकाको प्रशासनिक भवन र १५ शैयाको अस्पताल बन्ने भएको छ । विगत लामो समयदेखी विवादका कारण निर्माण हुन नसकेको प्रशासनिक भवन र १५ बेडको अस्पताल निर्माण हुने भएको छ ।

कमल गाउँपालिकाको अगुवाईमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा विहीवार बसेको सर्बदलिय बैठकले वडा नम्वर २ मा रहेको स्वस्थ्य चौकी सगै जोडिएको वा सो को पँचसय मिटर आसपासमा जग्गा व्यवस्थापन गरी १५ बेडको अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले अस्पताल निर्माणका लागी आवश्यक पर्ने जग्गाको व्यवस्थापन गर्न २ नम्वर वडा अध्यक्ष अशोक लिम्बूको संयोजकत्वमा १ नम्वर वडा अध्यक्ष केदार कटुवाल,२ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईराला ३ नम्वर वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराई र २ नम्वर वडा सचिव देबीप्रसाद फुएलको रहेको समिति समेत गठन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

अस्पताल निर्माणका लागि अघिल्लो स्थानिय सरकारले ठेक्का सम्झौता गरी तत्कालिन १ नम्वर प्रदेशका कानुन मन्त्री हिक्मतकुमार कार्कीले शिल्यान्यास गरेको अस्पताल निमाणको कार्य गाउँपालिका र स्थानिय वासीको विवादका कारण निर्माणहुन सकेको थिएन ।

ठेक्का लागेको लामो समय सम्म पनि आन्तरिक विवादका कारण काम अगाडी नबढे पछि निर्माण कम्पनिले ठेक्का रद्ध गर्न गाउँपालिकामा निवेदन समेत दिएको छ । निर्माण कम्पनीले दिएको निवेदन अनुसार सोहि कम्पनीलाई पुन सम्भौता गर्ने वा सम्झौता रद्ध गरी पुन प्रकृयामा जाने भन्ने जिम्मा समेत बैठकले गाउँपालिकालाई अधिकार दिएको छ ।

त्यस्तै गाउँपालिकाको प्रशासनिक भवन अन्यन्त्र सार्ने वा सोहि ठाउँमा निर्माण गर्ने भन्ने विषयमा अधिल्लो स्थानिय सरकारले निर्णय नर्ग नसके विषयलाई समेत सर्वदलिय बैठकले टुङ्गो लगाएको छ ।

बैठकले हाल सन्चालनमा रहेको गाउँपालिकाको कार्यालय भवन सगै जोडिएको खाली जमिनमा सुविधा सम्मपन्न प्रशासनिक भवन निर्माण गर्ने गरी बैठकले निर्णय गरेको छ । सर्वदलिय बैठक बाट निर्णय भएकोले हामिलाई काम गर्न सहज भएको छ । अब कार्यपालिकाको बैठक बाट निर्णय गरि छिट्टै प्रशासनिक भवनको निर्माण कार्य अगाडी बढाईने अध्यक्ष राईले जानकारी दिनुभयो ।

सर्वदलिय बैठकमा गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, सतवटै वडाका वडा अध्यक्ष गाउँपालिकामा भएका राजनैतिकदलका प्रमुख तथा प्रतिनिधीहरु उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here