सामाजिक अभियन्ता शेर्पाद्वारा कैदले खानेपानी समितिलाई सहयोग रकम प्रदान

0
173

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३स्थित कैदले खानेपानी तथा सरसफाई उपभोक्ता समितिका विपन्न उपभोक्ताहरुलाई खानेपानीमा पहुँच पु¥याउने उद्देश्यले आर्थिक सहयोग प्राप्त भएको छ ।

‘इच वान हेल्प वान’ अभियानका अध्यक्ष भारतको सिक्किम निवासी लाटेन शेर्पाले शुक्रबार आयोजित एक कार्यक्रमकोबिच एक लाख ६० हजार रुपैयाँ बराबरको चेक समितिका अध्यक्ष ढुण्डीराज गौतमलाई हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको विशेष पहलमा प्राप्त भएको उक्त सहयोग रकम आफूले नेपालमा गरेको पहिलो सामाजिक कार्य भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेको दाता शेर्पाले बताए । कोभिड–१९ महामारीको बेला सुरु भएको उक्त अभियान अन्र्तगत सिक्किमसँगै छिमेकी देश भूटानमा पनि आफूले विभिन्न सामाजिक कार्यहरु गरेको दाता शेर्पाले दावी गरे ।

खानेपानीको क्षेत्रबाट सुरु भएको उनको सामाजिक कार्य मानविय सेवाको अन्य क्षेत्रमा पनि सहयोग गर्न आफू इच्छुक रहेको उनले बताए । अर्जुनधारा–३स्थित कैदले पर्यापर्यटनको केन्द्रको सभाहलमा वडाध्यक्ष सीताराम भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा दाता शेर्पालाई वडा कार्यालयकोतर्फबाट सम्मान पत्र र मायाको चिनोसहित सम्मानित गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथि नगर प्रमुख तामाङ र समितिका अध्यक्ष गौतमले दाता शेर्पालाई संयुक्तरुपमा सम्मान पत्र हस्तान्तरण गरेका थिए । त्यसैगरी खानेपानीको क्षेत्रमा योगदान पु¥याएको भन्दै समितिलाई पनि वडा कार्यालयकोतर्फबाट प्रशंसा पत्रसहित सम्मानित गरिएको थियो ।

त्यसैगरी समितिलाई खानेपानी कार्यक्रम अन्र्तगत वडाबाट तीन लाख रुपैयाँ, स्थानीय जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहबाट ५० हजार रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।

सामाजिक व्यक्तित्व छिरीङ शेर्पा, बेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको कार्यक्रममा नगर प्रमुख तामाङ, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पर्यटन उपाध्यक्ष दिपक दुलाल, समितिका अध्यक्ष गौतमलगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन वडा सदस्य चन्द्रमाया तामाङले गरेकी थिइन् ।

वेस प्रमुख गौतमको विदाईः

झापाको अर्जुनधारा–३ स्थित सशस्त्र प्रहरी बल खुदुनावारी वेसका निवर्तमान प्रमुख प्रहरी नायव निरीक्षक नारायण गौतमलाई सोही कार्यक्रममा विदाई गरिएको छ ।

वेस प्रमुखको भूमिकामा उनले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै वडा कार्यालय र स्थानीय युथ अफ खुदुनावारीले उनलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here