काठमाण्डौं ।

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज सिमराबाट फर्किएको छ।
बुद्ध एयरको एटिआर ७२ जहाजको इन्डिकेटरमा समस्या देखा परेपछि जहाजलाई सिमराको आकाशबाट काठमाडौं फिर्ता गरिएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले जानकारी दिए ।
६२ जना यात्रु बोकेको जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।






























