पशुपक्षी कसुर मुद्दाका फरार भद्रपुरका एक युवक पक्राउ

0
159

झापा, 

झापामा पशुपक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ४ का २८ वर्षीय अनिल श्रेष्ठ भन्ने अनिल दर्शनधारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार झापा जिल्ला अदालतको २०७९ कार्तिक २३ गतेको फैसला अनुसार पशुपक्षी सम्बन्धी कसुर मुद्दामा एक वर्ष कैद सजाय सुनाएको थियो ।

सोही फैसलादेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरी झापा जिल्ला अदालत पेस गरी फैसला कार्यान्वयनका लागि झापा कारागार चलान गरिसकेको डीएसपी रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here