कमल नगर जेसीजद्वारा जनप्रतिनिधिलाई तालिमका साथै क्यालेण्डर विमोचन

0
112

कमल ।

कमल नगर जेसीजले जनप्रतिनिधि र कर्मचारीलाई तालिम प्रदान गर्नुकासाथै क्यालेण्डर विमोचन गरेको छ ।

कमलनगर जेसीजको आयोजना र गौरीगञ्ज गाउँपालिकाको वित्तिय सहयोगमा सम्पन्न कार्यक्रम अन्तर्गत गौरीगञ्ज गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई संसदिय बैठक सन्चाल सम्बन्धि प्रभावकारी बैठक प्रणाली तालिम प्रदान गर्नुका साथै विक्रम सम्बत २०८० सालको क्यालेण्डर विमोचन गरेको छ ।

कमल गाउँपालिका ५ स्थित होटल रोडस्टारमा सम्पन्न तालिमलाई संस्कार एकाडेमीका सिईओ जेसीआई सिनेटर राजाबाबु शाहाले सहजीकरण गर्नु भएको थियो ।

तालिमले बैठक सञ्चालन गर्न धेरै सहयोग पुगेको छ । हिजो पनि हामिले कार्यपालिका लगायत विभिन्न बैठक सञ्चालन गरी नै रहेका थियौं । तर धेरै कमजोरी गरेका रहेछौ. । तालिम बाट त्यो गल्ति कमजोरीलाई सच्याएर अगाडी बढ्ने ज्ञान प्राप्त भएको छ । आगामी दिनमा तालिममा सिकेको ज्ञान र सिपलाई प्रयोग गर्दै बैठक सञ्चालन गर्ने गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलबती राजवंशीले बताउनु भयो ।

जेसीजले जनप्रतिनिधीलाई बैठक सञ्चलन विधी, एजेण्डा माथी छलफल लगायत विभिन्न विषयमा तालिम प्रदान गरेका छौ । यसअघी कमल गाउँपालिकाका जनप्रतिनिधीलाई तालिम प्रदान गरी सकेका छौ भने । आगामी दिनमा अन्य स्थानिय तहको समन्वयमा तालिम सन्चालन गरिने कमलनगर जेसीज वर्ष २३ का अध्यक्ष जेसी रिजु कार्कीले बताउनु भयो ।

तालिम बाट बैठक सञ्चालनका विषयमा धेरै कुरा सिक्ने अवसर प्राप्तभयो । बैठकमा प्रस्ताव लानु भन्दा पहिले त्यो प्रस्ताव बैठकमा लान उपयुक्त छ कि छैन भनेर पहिले नै छलफल गर्नुपर्ने रहेछ र बैठकमा लान उपयुक्त भएको प्रस्तावलाई प्रस्तावक र समर्थक सहित बैठकमा पेश गर्नुपर्र्नेे रहेछ । अहिले सम्म हामिले जे गरिरहेका थियौं त्यो भन्दा फरक कुरा सिक्यौ आगामी दिनमा तालिम बाट सिकेको ज्ञान र सिप व्यवहारमा प्रयोग गर्ने गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुवँरले बताउनु भयो ।

कार्यक्रम कमलनगर जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी रोशन अधिकारीको संयोजकत्वमा, वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्की ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विक्रम सम्बत २०८० सालको क्यालेण्डर विमोचन

त्यसैगरी कमलनगर जेसीजले तयार पारेको विक्रम सम्बत २०८० सालको क्यालेण्डर विमोचन गरीएको छ ।

कमलनगर जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी प्रदिप नेपालको संयोजकमा सम्पन्न क्यालेण्डर विमोचन कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलबती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने, शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, कमलनगर जेसीज वर्ष १८ का अध्यक्ष जेसी केदार कटुवाल लगायतले संयुक्त रुपमा क्यालेण्डर विमोचन गर्नुभएको थियो ।

क्यालेण्डर विमोचन कार्यक्रममा कमलनगर जेसीजका निवर्तमान अध्यक्ष जेसी नारायण बस्नेत, गौरादह जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी प्रकाश भट्टराई ,कमलनगर जेसीजका आजीवन सदस्य जेसी प्रेम सापकोटा जेसी राजन बहादुर ढुङ्गाना , जेसि उमानाथ भण्डारी ,प्रहरी चौकी केर्खाको इन्चार्ज प्रहरी नायव निरीक्षक सुवास मिश्र, दमक जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी मुकेश अग्रवाल कमलनगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल ,वर्ष २०२१ का अध्यक्ष जेसी छत्रपति खनाल गोपाल , वर्ष २०१८ का अध्यक्ष तथा हाल कमल १ का वडा अध्यक्ष केदार कटुवाल , कमलनगर जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी शेखर न्यौपाने, कमलगनर जेसीजका संस्थापक अध्यक्ष जेसी रुपनारायण न्यौपाने , गौरीगंज गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष श्रेष्ठ , नेपाल जेसीज वर्ष २०२३ का रास्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिंह सावा लगायतको उपस्थितीमा क्यालेण्डर विमोचन गरिएको कमल नगर जेसीज वर्ष २३ का महासचिव जेसि हरि अधिकारीले जनकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here