रुसलाई हतियार उपलब्ध गराए चीन द्वन्द्वको पक्षमा रहेको बुझिनेछ: युक्रेन

0
121

काठमाडौं ।

युक्रेनले यदि चीनले रुसलाई हतियार उपलब्ध गराए चीन द्वन्द्वको पक्षमा रहेको बुझिने बताएको छ ।

चीन–रुसका राष्ट्र प्रमुखबीच भेटवार्ता भइरहेका बेला युक्रेनका अधिकारीले चीनले रुसलाई सैन्य सहयोग गरे ऊ द्वन्द्वको पक्षमा रहेको बुझिने बताएका हुन् ।तर, चीनले रुसलाई सैन्य सहयोग नगर्ने विश्वास युक्रेनको छ ।

युक्रेनका राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव ओलेक्सी डेनिलोवले भनेका छन्, “यदि चीनले रुसलाई खुला रूपमा हतियार उपलब्ध गराउने प्रक्रिया अगाडि बढायो भने ऊ द्वन्द्वको पक्षमा रहेको बुझिनेछ ।”

दुई दिने भ्रमणका लागि सोमबार मात्र चिनियाँ राष्ट्रपति सी जिङपिन मस्को पुगेका हुन् । सोमबार नै उनको रुसी समकक्षी भ्लादिमिर पुटिनसँग अनौपचारिक भेटवार्ता भइसकेको छ । दुई नेताबीच मंगलबार औपचारिक भेटवार्ता हुने र पत्रकार सम्मेलन गर्ने तय भएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलोपटक सी मस्को पुगेका हुन् । सीको भेटलाई महत्त्वका साथ हेरिएको छ । बीबीसीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here