चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

0
105

काठमाडौं ।

चीनको भ्रष्टाचार निरोधी संस्थाले चिप टाइकुन चाओ विगुओविरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ ।

चाओमाथि यस्तो बेलामा भ्रष्टाचार आरोप लागेको छ, जुन बेलामा देशको सेमिकन्डक्टर उद्योगले संकटको सामना गरिरहेको छ । चाओ कम्युटर चिपमेकर सिंगुआ युनिग्रुपका पूर्व अध्यक्ष हुन् ।

चीन सरकारले सेमी कन्डक्टर उद्योगमा अरबौं डलरको लगानी गरेको थियो । तर पनि उद्योग सञ्चालनमा बाधा आएको थियो । त्यसपछि उद्योगसँग जोडिएका महत्वपूर्ण व्यक्तिमाथि भ्रष्टाचारको अनुसन्धान सुरु भएको थियो । यसबारेमा चाओ र सिंगुआ ग्रुपले केही बताएको छैन।

भ्रष्टाचार निरोधी संस्था सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनले चाओमाथि सरकारी कम्पनीलाई आफ्नो निजी जागिरको रुपमा उपयोग गरेको आरोप लगाएको छ ।

उनले कम्पनीका काम आफ्ना नातेदारलाई दिएको र सामान तथा सेवाको महँगो रकम तिरेको आरोप पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here