डा. गदियालाई बिर्तामोडमा नागरिक अभिनन्दन

0
103

झापा ।

भारतका शिक्षासेवी डा.अशोककुमार गदियालाई झापामा अभिनन्दन गरिएको छ ।

मारवाडी सेवा समिति बिर्तामोड र अग्रसेन भवनको संयुक्त आयोजनामा डा. गदियालाई अभिनन्दन गरिएको हो । गदिया भारतको चितौरगढस्थित मेवाड विश्व विद्यालयका कुलाधिपति हुन् । शिक्षाविद् डा. गदियाले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै मारवाडी महिला मञ्च, नेपाल अग्रवाल महिला मञ्च, मारवाडी युवती मञ्च समेतले सामुहिक रुपमा अभिनन्दन गरेको हो ।

डा. गदियाले बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका एक सय विद्यार्थीलाई मेवार्ड विश्व विद्यालयमा शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा लगत्तै आफूहरुको ध्यानाकर्षण भएको र उनलाई अभिनन्दन गरिएको मारवाडी सेवा समितिका पूर्व अध्यक्ष सुरेशकुमार अग्रवालले बताए ।

उनले भने– हाम्रा एक सय विद्यार्थीलाई विश्व विद्यालयमा निःशुल्क अध्ययन गर्ने अवसर प्रदान गर्नु आफैंमा खुशीको कुरा हो । अग्रसेन भवनका अध्यक्ष मोहनकुमार मित्तलको सभापतित्वमा भएको समारोहमा प्रदेश सभा सदस्य भूमिप्रसाद राजवंशी, बिर्तामोड नगरपालिका वडा नम्वर –५ का अध्यक्ष रोहित प्रसाई, देवी माध्यमिक विद्यालयका अध्यक्ष विकास बन, प्रधानाध्यापक अम्विका श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

सो समारोहमा डा. गदियाको परिचय मारवाडी महिला मञ्चकी अध्यक्ष निलम अग्रवालले गराएकी थिइन् । डा. गदियाले यसअघि देवी मावि र मोहनमाया माविको निरीक्षण गरेको उमेश साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here