जंगलको ‘आधा शिर उचालेर’ माथि परिचर्चा

0
186

बिर्तामोड,

कवि ज्योति जंगलको कविता संग्रह ‘आधा शिर उचालेर’ माथि परिचर्चा एवं कविता वाचन कार्यक्रम शुक्रबार बिर्तामोडमा सम्पन्न भएको छ ।

नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा प्राज्ञसभा सदस्य मुनाराज शेर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त कृतिमाथि शेर्मा र साहित्यकार कृष्ण बरालले समीक्षात्मक टिप्पणी गरे ।

कार्यक्रममा कवि जंगलले आफ्नो कृतिबाट ‘आमा’, साँझमा नआउनु मेरो घर’ लगायत चारवटा कविता वाचन गरेकी थिइन् ।

कृति परिचर्चा पछि कविहरु राजेश ढुंगाना, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, मिलनकुमार ढुंगाना, विवश बलिभद्र कोइराला, लीला अनमोल, दयानन्द गोस्वामी लगायतले कविता वाचन गरेका थिए ।

नेपाली लेखक संघ झापाको आयोजनामा सम्पन्न कार्यक्रममा दिपीन राईले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव समीरबाबु कट्टेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here