काठमाडौं ।

मन्त्रिपरिषको बैठकले गरेका निर्णय सार्वजनिक भएको अवस्थामासमेत प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दलहरुको बैठकमा अयोग्य भनिएका पूर्व लडाकुहरुलाई जनही दुई लाख दिने निर्णय नभएको बताएका छन् ।
गठबन्धनको बैठकमा सुरुमा नै साझदार दलका नेताहरु अयोग्य भनिएका पुर्व लगाकुहरुलाई राहत दिन विषय के हो भनि प्रधानमन्त्रीसँग प्रश्न गरेपछि दहालले यस विषयमा मन्त्रिपरिषदबाट निर्णय नै नभएको बताएका थिए ।
बैठकमा सहभागि एक नेताले भने, ‘अयोग्य भनिएका पुर्व माओवादीका लडाकुहरुलाई हेह राहतको व्यवस्था गर्ने कुरा मन्त्रिहरुले उठाएको हो । तर, अहिले नै यसरी सहयोग गर्ने भन्ने निर्णय मन्त्रिपरिषदबाट नभएको कुराम विस्वस्त गराउँछु । यो विषय एकाएक मन्त्रिपरिषले निर्णय गर्यो भनेर बाहिर आएको छ । तर यो साँचो होइन् ।स प्रधानमन्त्रीले गठबन्धनको बैठकलाई चल्ने प्रयास गरेपनि सोमबारको मन्त्रिपरिषदको बैठकमा यो विषय निर्णय भई प्रधानमन्त्री तथा मन्त्रिपरिषदका गृह मन्त्रालयलाई पक्रिया सुरु गर्न निर्देशन पनि भइसको छ ।
गृहमन्त्रालयले माओवादीका त्यस्ता अयोग्य लडाकुहरुको प्रारम्भिक प्रक्रिया सुरु गरिसको छ । मन्त्रिपरिषले अयोग्य पूर्वलडाकुहरुलाई राहत दिने निर्णय गर्दा तत्कालिन माओवादीका पक्षबाट भएका घाइते र अपांगहरुकाबारेमाकेहि बोलिएको छैन । माओवादीको जनयुद्ध सरकारी पक्षबाट र माओवादीका पक्षबाट दुबैति आक्रम भएका छन् । माओवादीका कारणकतिले घरबार गुमाएका छन पनि कतिले परिवार नै गुमाएका छ । अहिले सरकारको नेतृत्व गरिरहेको माओवादीले आफ्ना तत्कालिन लडाकुहरुलाई मात्र कार्यक्रम ल्याएकाले यसको सबैति विरोध भइरहेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले अयोग्य लडाकुलाई दुई लाख वितरण गर्ने निर्णय गरेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको बैठकमा त्यस्तो निर्णय नभएको भन्दै ढाँटेका छन् ।
उनले गठबन्धनमा यस्तो निर्णय नभएको भन्दै ढाँटेका हुन् । गत सोमबार सञ्चारमन्त्री एवं प्रवक्ता रेखा शर्माले माओवादीका ’अयोग्य लडाकु’लाई जनही दुई लाख रकम राहत दिने निर्णय गरेको बताएकी थिइन । तर सरकारले यस्तो निर्णय नगरेको भन्दै गठबन्धन बैठकमा दाहाल ढाँटेका छन् ।


























