श्रीमतीको हत्या आशंकामा श्रीमान प्रहरी नियन्त्रणमा

0
185

पथरीशनिश्चरे,

अत्याधिक मादकपदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको आशंकामा प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएको छ।

पथरीशनिश्चरे -३ को किराती चोकमा गत १३ गते बिहान ४१ वर्षिया आफ्नै कान्छी श्रीमती शारदा सुन्दासको हत्याको आशंकामा ६८ वर्षे दल बहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्थानीयले सुचना दिएपछि घटना स्थलमा पुगेको प्रहरीले टोलीले अति विपन्न आर्थिक अवस्था रहेको सो सुन्दासको घरभित्र श्रीमती शारदा खाटमाथि सुतेको मृतअवस्थामा फेला पारेको थियो।

मृतकको निधार र शरिरमा सामान्य निलडाम जस्तो देखिएको बताइन्छ । २ वर्ष अघि मात्र कान्छी श्रीमतिको रूपमा भित्रिएकी श्रीमती शारदाको मृत्युको वास्तविक कारण पत्ता लगाउन अझै केही दिन समय लाग्ने प्रहरीले जनाएको छ।

उक्त घटना केही शंकास्पद लागेका र पोष्टमार्टम रिपोर्ट प्राप्त नभैसकेको कारण ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here