माईजोगमाईमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

0
165

विमल दहाल, इलाम ।

माईजोगमाई गाँउपालिकामा वुधवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाँउपालिकाको सेवा प्रवाह, सुशासन, जवाफदेहिता, पारदर्शीता लगायतका विषयमा नागरिकले पालिकाका सरोकारवाला प्रतिनिधि, कर्मचारीले सवाल जवाफ गरि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।

आर्थिक बर्ष ०७९/०८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम बिधिवत रुपमा आयोजना गरिएको हो । माईजोगमाई गाँउपालिकाको आयोजना र नामसालिङ्ग सामुदायिक विकास केन्द्रको सहजीकरणमा सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।

गाँउपालिकाले चालु आर्थिक वर्षको हाल सम्म गरेका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी पालिकाले सार्वजनिक सुनुवाई गरिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिनुभएको छ।

विभिन्न नागरिकले उठाएको सवालमा माईजोगमाई पालिकका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता उपमेयर प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, वडाध्यक्षहरु याम बहादुर कार्की, डम्बर सुवेदी, राम घिमिरे, डुरन देवान, निर्मलध्वज राई, दिपेश सोङमी, स्वास्थ्य शाखा प्रमुख राम शंकर देव, इन्जिनियर प्रकाश चौधरी, शिक्षा शाखा प्रमुख करुणा नेपाल, कृषि शाखाका अनिशा राई लगायतले सरोकारवालाको प्रश्नलाई प्रतिबद्धता सहित जानकारी दिनु भएको थियो।

कार्यक्रमका सहभागीले पालिकाको स्थायी विकासका लागी अनुगमन गर्नुपर्ने, निर्माणाधीन सडकलाई गुणस्तरीय बनाउने, प्राविधिकले बारम्बार अनुगमन गर्नु पर्ने, छात्रालाई दिने सेनिटरी प्याड व्यवस्थित गर्नुपर्ने, आधारभूत अस्पतालको ब्यबस्थापन मिलाउनु पर्ने, भौतिक पूर्वाधार निर्माणमा स्थानीयको अनुगमन रहनु पर्ने, सार्वजनिक सुनुवाईमा सर्वदलिय सहभागिता रहे जस्तै योजना छनौट र उपभोक्ता समितिमा सर्वदलीय गर्ने परिपाटीको विकास गर्न गाँउपालिकालाई सुझाव दिएका छन्। त्यस्तै बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन गर्नुपर्ने, पालिकाको प्रोफाइल निर्माण गर्नुपर्ने, स्थानीय पाठ्यक्रम निर्माण गरि सन्चालन गर्नुपर्ने लगायतका विषयमा सुझाव दिएका थिए।

पालिका बिबिध विषयमा सहभागीहरु देवी भण्डारी, विरेन निरौला, मनि राई, यदु भण्डारी, अर्पणा निरौला, भिम गुरुङ, सुरेश भट्टराई, बिरेन्द्र भण्डारी, राजकुमार देवान लगायतले प्रश्न राख्नु भएको थियो।

कार्यक्रममा माईजोगमाईवासी सेवाग्राही सहित ६ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, शाखा प्रमुखहरु, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

माईजोगमाई गाँउपालिका अध्यक्ष कुश वहादुर थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिषयगत शाखाको अबस्था, नागरिक अभिमत, बहिर्गमित अभिमतको प्रतिवेदन सहजकर्ता संस्था नामसालिङ सामुदायिक विकास केन्द्रका सचिव कमल प्रसाद नेपालले र सन्चालन विमल दहालले गर्नु भएको सहजकर्ता सस्थाका सदस्य अम्बर देवानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here