बजेट माग्ने, काम गर्न नदिने प्रवृत्ति बढ्दै

0
146

तुलसीपुर, 

बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार पहिले विकासका लािग बजेट माग्ने र पछि बजेट परेपछि विकास गर्न नदिने प्रवृति बढेको बताउनुभयो ।

“पहिले बजेट चाहियो भन्नुहुन्छ, हामीले बजेट हाल्दिन्छौँ”,उहाँले भन्नुभयो,“बजेट परेपछि कसैले जग्गा दिदैँनौँ भन्नुहुन्छ, कसैले केही भन्नुहुन्छ, अनि विकास रोकिन्छ ।” पछिल्लो समय उपमहानगरपालिकाको न्यायिक समितिमा यस्ता धेरै विवाद आउने गरेको उहाँको भनाइ छ ।

दैनिक चार÷पाँचवटा यस्ता मुद्दा आउने गरेको उहाँको भनाइ छ ।“आजभोलि दिनदिनै यस्ता केश हामीकाहाँ आउने गरेका छन्”,उहाँले भन्नुभयो“दैनिक ४/५ वटा केशहरु मिलाएर पठाउने गरेका छौँ ।” विकासमा कोही पनि बाधक हुन नहुँने उहाँको भनाइ छ ।

स्थानीयले सहयोग नगर्दा धेरै ठाउँमा सडक बीचमा रुख हुने, पोल हुने जस्ता समस्याहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here