सबैभन्दा खर्चिली प्रियंका चोपडा

0
383

 

बलिउडकी देसी गर्ल भनिने प्रियंका चोपडाका अनुसार यदि उनी कसैकी प्रेमिका भएको खण्डमा उनी निकै खर्चीली प्रेमिका हुनेछिन् ।

प्रियंका एउटी यस्ती नायिका हुन् जो कुनै पनि को–स्टारसँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेको खबर छैन । उनी एकपटक शहरुख खानसँगको सम्बन्धका कारण पनि चर्चामा थिइन् । तर शाहरुख खानको पारिवारिक सम्बन्धका कारण यस्तो चर्चा धेरै दिन टिक्न सकेन ।

कस्मोपोलिटनलाई दिएको एक अन्तर्वातामा प्रियंकाले आफू निकै खर्चिलो प्रमिका हुने बताएकी छिन् । उनको प्रेम सम्बन्धको बारेमा सोधिएको प्रश्नमा पूर्व मिस वल्र्डले आफ्नो गोपनियता भंग गर्न अस्विकार गरिन् । यद्यपी उनले अफू प्रेम सम्बन्धमा भएको खण्डमा उनले उक्त सम्बन्ध राम्रोसँग निभाउने र निकै महत्व दिनेसमेत बताएकी छिन् ।

प्रियंका आजकाल अन्तर्राष्ट्रिय स्तरमा टिभी सो गरिरहेकी छिन् जसमा उनी निकै व्यस्त रहेको बताइएको छ ।
स्रोतः टाइम्स अफ इन्डिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here