चीनको आर्थिक वृद्धिदर, परिणाम न्यून

0
178

काठमाण्डौं ।

चिनियाँ जन कांग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलन (सीपीपीसीसी) को सम्मेलनसँगै विभिन्न सूचकांकले आगामी वर्षहरुमा चीनको कुल ग्राहस्थ उत्पादन अर्थात् जीडीपी घट्ने देखिएको छ ।

सन् २०२२ मा चीनले जीडीपी वृद्धिदर ५ प्रतिशत हुने लक्ष्य राखेको थियो । तर वास्तविक वृद्धि भने केबल ३ प्रतिशतमा सीमित हुन पुग्यो । पछिल्लो समय शून्य कोभिड नीतिबाट पछि हटेसँगै चीनले अर्थतन्त्रलाई खुला राखेको छ । यसबाट विश्लेषकहरु प्रचारसँग वास्तविकता मेल नखाउन्जेलसम्म चीनले अर्थतन्त्रलाई टेवा दिन विदेशी लगानी जम्मा गर्ने रणनीति अवलम्बन गर्न लागेको बताउन थालेका छन् ।

पछिल्लो समय चीनमा एभरग्राण्डको पतनसँगै घरजग्गा कारोबारमा संकट देखिन थालेको छ । सामान्य आर्थिक अवस्थामा चीनले यस्तो संकट आउनै दिँदैनथ्यो । पछिल्लो समय अमेरिकाले र चीनबाट आफ्नो अर्थतन्त्रलाई ‘डिकपलिङ’ गरिरहेको र युक्रेनमा जारी युद्धमा रुसलाई सहयोग गर्ने चिनियाँ नीतिले युरोप पनि सशंकित हुने अवस्थामा विदेशी लगानी भित्र्याउने चीनको सपना सपना मै सीमित हुने देखिन्छ ।

चिनियाँ अर्थतन्त्रमा समस्या देखिएमा यसको प्रभाव विश्वभर हुनेछ । चीनले अफ्रिकी मुलुकसहित विश्वका विभिन्न देशलाई ऋण पासो नीतिका आधारमा पूर्वाधार निर्माण गर्न भन्दै लागि भारी कर्जा दिएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here