सालकको खपेटासहित दुई जना पक्राउ

0
101

भक्तपुर ।

चाँगुनारायण नगरपालिका-२ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका–२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२–०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here