बेलबारीकी ललिमायाको ईजरायलमा अमानवीय व्यवहारले निधन

0
160

पथरीशनिश्चरे,

मोरङको बेलबारी नगरपालिका वाड नम्बर ८ की ललीमाया तामाङको इजरायलमा घरमालिकको अमानवीय व्यवहारको कारण मृत्यु भएको छ ।

मुना तामाङ नामकी एजेन्ट मार्फत ईजरायल पुगेकी तामाङको निधन भएको हो।

इजरायलमा घरमालिकको यातना सहन नसकेपछि उनले पटक पटक नेपाल फर्काउन एजेन्टलाई आग्रह गरेकी थिइन । तर, एजेन्टले ८ लाख रुपैया दिएमात्र फर्काउने भनेपछि उनले नेपालको एक टेलिभिजनमा भिडियो कलमार्फत आफनो पिडा समेत सुनाएकी थिईन ।

उनलाई नेपाल फर्काउन केही अभियन्ताहरुले पहल गरिरहकै बेला निधन भएको खबर प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here