पथरीशनिश्चरे,
माेरङकाे सुन्दरहरैँचा नगरपालिकाबाट गरिएका निर्णयहरुप्रति नेकपा एकीकृत समाजवादी , नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसले गंभीर ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएका छन्।
बुधबार ति दलहरुले संयुक्त रूपमा आपत्ति जनाउँदै ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा जनताकाे अहितमा गरिएका निर्णयहरू ३ दिन भित्रमा सर्वदलीय सहमति गरी नसच्याइएमा संघर्षका थप कार्यक्रमहरू अघि बढाउन बाध्य हुने चेतावनी सहित माग गरेका छन् ।
गम्भीर ध्यानाकर्षण भनिएको उक्त ज्ञापनपत्रमा विभिन्न मागहरुका बुद्वाहरू उल्लेख गरिएकाे छ।