रसुवागढी नाका : भाडा महंगो भएपछि सामग्री लोड हुन सकेन

0
64

काठमाण्डौं ।

रसुवागढी नाका शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएपनि ढुवानी भाडामा कुरा नमिलेपछि सामग्री लोड हुन सकेको छैन।

शनिबार केरुङ गएका नेपाली मालबाहक कन्टेनर सामग्री लोड हुन नसकेर त्यही बसेका छन्। केरुङमा रहेका नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले व्यापारीले ढुवानी भाडा महंगो भएको भन्दै सामग्री लोड गर्न चाहेका छैनन्।

यसअघि स्याउ ढुवानीका लागि ९० हजारसम्म र रेडिमेड सामग्रीका लागि एक लाख १० हजारसम्म लिँदै आएका थिए। तर अहिले स्याउका लागि एक लाख ५० हजार र रेडिमेडका लागि एक लाख ७० हजार रुपैयाँ भाडा लाग्ने यातायात व्यवसायीले बताएपछि सामग्री आयातमा अन्योल देखिएको छ।

इन्धनको मूल्य बढेको, केरुङदेखि रसुवागढीसम्म सामग्री ल्याउन चालकलाई छुट्टै रकम दिनुपर्ने लगायतका कारण भाडा महंगो भएको यातायात व्यवसायीको तर्क छ। केरुङका गोदाममा अहिले सामग्री पनि कम छ।

कोरोना महामारीपछि २०७६ माघ २५ देखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका पूर्णरूपमा बन्द थियो। त्यसयता नाका आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो। अन्नपूर्ण पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here