कानेपोखरीका दुई घरमा आगलागी: गाउँपालिकाले दियो राहत सामग्री

0
136

कानेपोखरी,

मोरङ कानेपोखरी –१ स्थित होक्लाबारीमा दुई घर आगालागी हुदाँ नगद, चाँदी र जिन्सी जलेर नष्ट भएको छ ।

बिहीबार दिउँसो बुद्धिलाल हेम्रङ र चन्द्र कर्मकारको घरमा आगालागी भएको हो । आगोले बुद्धिलालको १० नगद, साइकल १ थान, चामल १ बोरा, आलु २० केजी जलेर नष्ट भएको थियो । त्यसैगरी, चन्द्र कर्मकारको नगद ९ हजार, चामल ५ बोरा, तोरी २ बोरा, मुसुरी ४ बोरा र चाँदी १० तोला जलेर नष्ट भएको गाउँपालिकाको नगरप्रहरी प्रमुख युवराज भूजेलले बताए ।

स्थानीय र नगरप्रहरीको सहयोगमा कानेपोखरी गाउँपालिकाको बारुण यन्त्रले आगो नियन्त्रण गरेका थिए । बाक्लो बसोबास भएको घरमा लागेको आगो अन्य घरमा आगो लाग्नबाट बारुण यन्त्रको सहयोगबाट बचेको थियो । आगालागी भएको घरपरिवारलाई भेट्न गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारी राहत सामाग्री लिएर पुगेका थिए ।

आगो पीडित घरपरिवारलाई तत्कालका लागि भाडा वर्तन, लत्ता कपडा, खाद्यान्न लगायतको राहत प्रदान गरिएको छ । आगालागीमा प्रमुख प्रशासकीय अधिकृत, १ नं. वडाध्यक्ष रन्तबहादुर कार्की , ६ नं. वडा अध्यक्ष खड्ग बस्नेत, कार्यपालिकाका सदस्य सहित पीडित परिवारलाई भेट्न भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here