लद्दाखमा ४.१ किलोमिटर लामो सुरुङमार्ग बन्दै

0
44

नयाँ दिल्ली,

भारत सरकारले भारत–चीन सीमामा ९,४०० सुरक्षाकर्मी थप्ने भएको छ । यस्तै, लद्दाखमा ४.१ किलोमिटर लामो सुरुङमार्ग बनाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा समितिले परियोजनाहरूलाई अनुमोदन गरेको केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले बताए।

यो सुरुङमार्ग अहिले लद्दाख जाने सबैभन्दा छोटो मार्ग हुनेछ । यसले लद्दाखलाई वर्षभरि सम्पूर्ण देशको लागि पहुँचयोग्य बनाउनेछ। सन् २०२५ को डिसेम्बरसम्ममा यो परियोजना सम्पन्न हुने ठाकुरले बताए । यस्तै, मन्त्रीले कम्तिमा ९,४०० कर्मचारीहरू सहित सात नयाँ बटालियनहरू, इन्डो—तिब्बत सीमा प्रहरी बलमा थपिने पनि बताए ।

यसले पूर्वाधार विकास र उत्तरी सीमानाका चार राज्य र एक केन्द्र शासित प्रदेशमा जीविकोपार्जनका अवसरहरू निम्त्याउनेछ, उनले भने। कार्यक्रमले मानिसहरूलाई सीमा क्षेत्रमा आफ्नो मूल स्थानमा रहन प्रोत्साहित गर्न र यी गाउँहरूबाट बाहिरी बसाइलाई उल्टाउन मद्दत गर्नेछ, जसले सीमाको सुरक्षामा सुधार ल्याउन मद्दत गर्नेछ, केन्द्रीय गृह मन्त्रालयले एक विज्ञप्तिमा बताइएको छ ।

२०२० मा गलवानमा भएको झडपमा २० भारतीय सैनिक र अज्ञात संख्यामा चिनियाँ कर्मचारीको मृत्यु भएदेखि एलएसीको साथ चीनसँग बढेको तनावको बीचमा यो निर्णय आएको हो। यस कदमले सरकारलाई अरुणाचल प्रदेशका केही क्षेत्रहरू दाबी गर्ने चीनसँगको पूर्वी सीमानामा थप सावधानी अपनाउन र हिउँ पर्ने जाडो महिनाहरूमा लद्दाख र कारगिलका रणनीतिक क्षेत्रहरूमा छिटो पहुँच प्राप्त गर्न मद्दत गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here