अमेरिका चीन विरुद्ध, भारतको साथ, बोल्यो अरुणाचल भारतको अभिन्न अंग

0
44

वासिंगटन।

अरुणाचल प्रदेशमा ११ स्थानको नाम चीनले परिवर्तन गरेकोमा अमेरिकाले कडा शब्दमा विरोध गर्दै निन्दा गरेको छ ।

अमेरिकाले मंगलबार अरुणाचल प्रदेशमा ११ स्थानको नाम परिवर्तन गरेर आफ्नो क्षेत्रीय दाबीलाई अगाडि बढाउने चीनको एकपक्षीय प्रयासको “कडा शब्दमा विरोध“ गरेको हो ।

अमेरिकाले अरुणाचल प्रदेश भारतको अभिन्न अंगको रूपमा मान्यता दिएको ह्वाइट हाउसले जनाएको छ ।

चीनको कत्सीत कदमप्रति प्रतिक्रिया जनाउँदै भारतले भन्यो, “अरुणाचल प्रदेश सधैं भारतको अविभाज्य हिस्सा थियो र रहने छ । नयाँ आविष्कार गरिएका नामहरू तोक्ने प्रयासले यो वास्तविकतालाई परिवर्तन गर्न सकिदैनन् ।“

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here