मिस म्याचको समय तीन महिना थप गर्न बिर्तामोड उद्योग वाणिज्य संघको माग

0
91

बिर्तामोड ।

बिर्ताामोड उद्योग वाणिाज्य संघले मिसम्याचको समय तीन महिना थप गर्न आन्तरिक राजश्व कार्यालय भद्रपुरलाई आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ ।

चैत मसन्त सम्मको अवधिलाई बढाएर असाारसम्म पु¥याउन माग गर्दै ज्ञापन पत्र बुझाएको बिर्तामोड उद्योग वाणिाज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजाललाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष शिवाकाोटीले अहिले आर्थिक कन्दीका कारण ब्यवसाय सञ्चालन गर्न कठिनाई भइरहेका बेला ब्यवसायीलाई राहत प्रदान गर्नका लागि भए पनि मिस म्याचको समय थप गर्न आग्रह गरे ।

ब्यवसायीहरु राज्यलाई कर बुझाउने विषयमा सजग रहेको र बिर्तामोडका ब्यवसायीहरुले राजश्व कार्यालयसंगको सहकार्यमा विभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको स्मरण गराउँदै अध्यक्ष शिवाकोटीले राजश्व बुझाउने विषयमा केही समय थप गर्न आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख रिजाललाई अनुरोध गरे ।

ज्ञापनपत्र बुझदै प्रमुख रिजालले ब्यवसायीका मागका विषयहरु केन्द्रलाई जानकारी गराउने प्रतिबद्धता जनाए । उनले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नीजि क्षेत्रका मागलाई आफुहरुले सकरात्मक रुपमा लिएको बताए ।

के हो मिस म्याच ?

आय विवरणको अनुसुची १३ मा भरेको र तपाईसँग कारोबार गर्ने (बिक्रेता, क्रेता, साहु, आसामी) ले बुझाएको विवरण फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ। अनुसुची १३ मा तपाईंले बार्षिक एक लाखभन्दा (एकै वा पटक–पटक गरी) रुपैयाँ भन्दा बढि कारोबार (खरिद वा बिक्री) गरेका पार्टी र बर्षान्तमा कसैसँग लाख रुपैयाँभन्दा बढि लिनु वा दिनु भएमा सो विवरण भर्नुपर्दछ। कारोबार गरेकादुबै पक्षले पेश गरेको विवरण एउटै नभएमा, त्यसलाई मिसम्याचमा परेको भनिएको बताइएको छ ।

मिस म्याचबाट कसरी बच्ने ?

मिस म्याचबाट बच्न तपाईंले आर्थिक बर्ष सकिएपछि सबै पार्टीबाट कारोबारको समर्थन पत्र (कन्फर्मेसन लेटर) लिन सक्नुहुन्छ । जसबाट तपाईंले बितेको बर्ष हरेक पार्टीसँग कतिको कारोबार भयो र बर्षान्तमा लिनु/दिनु कति छ भन्ने विवरण अद्यावधिक गर्न सक्नुहुन्छ ।

त्यसको आधारमा तपाईंले आफ्नो कारोबारमा कुनै हिसाब राख्न गल्ती भए सच्याउन समेत सक्नुहुन्छ । त्यसपछि अनुसूची १३ भर्दा सोहस् सच्चाएको विवरण हाले मिसम्याच पर्ने सम्भावना एकदमै न्यून हुने बताइएको छ । मिस म्याचबाट बच्न हिसाब किताब चुस्त दुरुस्त राख्नुपर्ने र सबै विवरण सुरक्षित राख्नुपर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here