चीनले नाकाबन्द किन गरेको हो ?

0
65

काठमाडौं,

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले उत्तरी सीमानाका खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन प्रभावित भएको भन्दै बडूले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । नाका खुले देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाइ छ।

‘नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ । उच्च प्राथमिकताका साथ, महत्वका साथ, गम्भीरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कूटनीतिक पहल होस् । र, यी नाकाहरू सञ्चालनमा आउन् । ता कि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस्,’ सांसद बडूले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here