युवा नागरिक समाजले विकृति र विसंगति विरुद्ध खबरदारी गर्ने

0
134

अर्जुनधारा, समाजमा रहेको विकृति र विसंगति विरुद्ध खबरदारीसँगै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले झापाको अर्जुनधारामा युवा नागरिक समाज गठन भएको छ ।
युवा व्यवसायी अनुज लुँइटेलको अध्यक्षता र समाजका केन्द्रीय संयोजक केशव भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले लुँइटेलको संयोजकत्वमा उक्त कमिटी गठन गरेको हो ।
त्यसैगरी नवगठित कमिटीको सहसंयोजकमा आनन्ददेव कट्टेल, सचिवमा मेनुका गजुरेल, कोषाध्यक्षमा सरोज बस्नेत र सदस्यहरुमा अर्जुन थापा, कविता क्षेत्री, विष्णु धिताल, शिशिर पराजुली, सञ्जय शाह र समिर खरेल चयन भएका छन् ।
सोही भेलाले अनिरुद तिम्सिना र किशोर खतिवडालाई समाजको सल्लाहकार सदस्यमा चयन गरेको संयोजक लुँइटेलले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय सदस्य लक्ष्मण बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here