नेपालको अध्यागमन प्रणालीमा चिनियाँ चासो, १६ कर्मचारीलाई तालिमका लागि कुन्मिङ लगियो

0
98

काठमाडौं,

अध्यागमन विभागका निर्देशकसहित १६ जना कर्मचारी चीन प्रस्थान गरेका छन्। अध्यागमनसम्बन्धी तालिममा सहभागी हुन विभागका ८ र बाँकी विभिन्न मन्त्रालयका कर्मचारीहरू चीन प्रस्थान गरेका हुन्।

नेपालस्थित चिनियाँ दूतावासको पहलमा चीनले कुन्मिङस्थित युनान प्रहरी स्कुलमा नेपाली अधिकारीहरूका लागि अध्यागमन सेवा तथा व्यवस्थापन सम्बन्धमा तालिम आयोजना गरिएको हो। सोही तालिममा सहभागी उनीहरू मंगलबार साँझ ग्वान्झाउ हुँदै कुन्मिङ प्रस्थान गरेका हुन्।

तालिममा सहभागी हुनेमा प्रदिप कुमार खड्का, रुपनारायण खतिवडा, हुमावति ढकाल, दीपक कुमार भुसाल, लोक बहादुर बिक, श्रीकृष्ण पौडेल, देवेन्द्र सापकोटा, दीपक कुमार आचार्य, लोकहरि बस्याल, रक्षा ज्ञवाली, अशोक कुमार आचार्य, कमल प्रसाद पाण्डे, राज कुमार राई, केशव राज पाण्डे, खेमराज सापकोटा र सुशील पनेरु रहेका छन्।

दुई हप्ता बढी चल्ने तालिममा सहभागी भएर उनीहरू वैशाख १४ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त सम्मेलनको समन्वय गरेको हो।

उत्तरी छिमेकी मुलुक चीनले नेपालको अध्यागमन प्रणालीमा चासो राख्दै विभागका कर्मचारीहरूलाई तालिममा बोलाएको स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here