इलाम कारागारमा खानेपानीको समस्या

0
112

भगीरथ भण्डारी,
इलाम ।

इलाम कारागारमा खानेपानी अभाव हुँदा खान बनाउनदेखि शौचालयमा प्रयोग गर्न समस्या भएको छ ।

नगरपालिकाले वितरण गरेको खानेपानी नआउँदा कारागारमा समस्या भएको हो । दिनमा दुई पटक पानी आउँदा पनि पर्याप्त नहुने कारागारमा २७ गतेदेखि पानी नआएपछि कैदीबन्दीलाई समस्या भएको छ । नगरपालिकाले २४ घण्टै पानी वितरण गर्ने गरीको आयोजना सञ्चालनमा ल्याए पनि वितरणमा समस्या भएको हो ।

जिल्ला कारागार इलामका जेलर सुमित मगरले २७ गते बेलुकाबाट पानी नआएर समस्या आएको भन्दै कार्यालयले ट्याङ्करमा पुवा खोला र धोवीधाराबाट ल्याएर २८ गतेको समस्या समाधान गरेको बताए । उनले भने– इलाम नगरपालिकाले २८ गते बेलुकाबाट पानीको समस्या समाधान हुने बताएको छ तर आयोजनाका प्राविधिकले भने फोन नै उठाएनन् । कारागारमा खानेपानी समस्या भएको खबर नगरपालिकाले थाहा पाएपछि दमकलबाट पानी लगेको थियो । एक सय २५ जना क्षमताको इलाम कारागारमा हाल दुई सय ८० जना कैदी रहेका छन् ।

इलाम नगरपालिकाका खानेपानी शाखाका प्रमुख विशाल यम्फूले कारागारमा खानेपानी नआएको गुनासो भएपश्चात् अर्काेदिनबाट वितरण हुने गरीको व्यवस्थापन भइसकेको बताए । उनले यति बेला खानेपानीको मुहान घटेको कारण पानी थोरै भएको हुँदा समस्या भएको र मुहानमा पानी थप्ने काम भइरहेको बताए । थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्नका लागि कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा कैदीबन्दीलाई कारागारमा राखिन्छ ।

कारागारमा रहेका कैदीबन्दी बाहिर निस्कनै पाउँदैनन्, निस्कँदा पनि प्रहरीले हतकडी लगाएर कामको प्रयोजनका लागि मात्रै निस्कन्छन् । नेपालकै नमूना कारागार भनिएको इलाम कारागारभित्र फुटसल खेल्नेका लागि खेल मैदानको व्यवस्था छ ।

कारागारमा पुस्तकालय, जिम, भलिबल, फुटसल, चेस, क्यारेम बोर्ड, ब्याडमिन्टन, स्कीपिङ लगायतका खेलहरूका लागि सामग्री र मैदानको व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here