आइतबार बिर्तामोडमा वीरता जेसीजको उत्कृष्ट नागरिक सम्मान

0
91

बिर्तामोड ।

फायल फोटो । सम्मानित व्यक्ति चन्द्र भण्डारीलाई घर पुर्याउँदै जेसीज पूर्व अध्यक्षहरू । फोटो : बिनोद पाण्डे

वीरता जेसीज पूर्व अध्यक्ष क्लबद्वारा हरेक वर्ष विभिन्न विधामा झापा जिल्ला भरिबाट एकजनालाई प्रदान गरिदै आएको उत्कृष्ट नागरिक सम्मान यस वर्ष उद्योग, व्यवसाय र समाजसेवाको क्षेत्रमा योगदान पुर्याउने एक समाजसेवीलाई प्रदान गरिने भएको छ ।

आइतबार बिर्तामोड स्थित अतिथि सदनमा एक भव्य समारोहको बिच उत्कृष्ट नागरिक सम्मान समारोह आयोजना गरिने वीरता जेसीजका पूर्व अध्यक्ष समारोहका संयोजक किरण श्रेष्ठले बताए ।

२०५२ साल देखि सुरु भएको उत्कृष्ट नागरिक सम्मानबाट हाल सम्ममा जिल्लाका २२ जना विशिष्ट व्यक्तिहरू सम्मानित भइसकेका छन् । भोलि सम्मनित हुने व्यक्ति वर्ष २०७९ सालको उत्कृष्ट नागरिक हुने छन् ।

मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने जेसीजको मूल मन्त्र अनुसार मानव सेवामा समर्पित व्यक्तिलाई यस वर्ष उत्कृष्ट नागरिक सम्मानद्वारा अभिनन्दित गर्न लागिएको र सम्मानित व्यक्तिको नाम भने समारोहमा मात्र घोषणा गर्ने जेसीजको नियम रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।

उत्कृष्ट नागरिक सम्मान कार्यक्रमको आयोजना वीरता जेसीजले गरेपनि सम्मानमा झापाका प्रतिष्ठित दर्जनौँ सङ्घसंस्थाहरूले ऐक्यवद्धता जनाउने गरेका छन् । झापा जिल्लामा जन्मिएर कर्मथलो नेपाल बनाएका व्यक्तिहरूलाई जेसीजले उत्कृष्ट नागरिकको लागि योग्य ठान्ने गरेको छ ।

वर्ष उत्कृष्ट नागरिकलाई स्वर्ण पदक, नगद तथा सम्मान पत्रद्वारा सम्मान गरिने र कार्यक्रमको प्रमुख अतिथिमा पूर्व उपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहको उपस्थित रहने वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले जनाकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here