चिया श्रमिकका समस्या समाधानको प्रतिबद्धता

0
72

बिर्तामोड।

नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति तथा संसदीय दलका नेता उद्धव थापाले चिया श्रमिकका समस्या समाधानमा अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल चिया बगान श्रमिक संघको सातौं केन्द्रीय महाधिवेशनको शनिवार बिर्तामोडमा उद्घाटन गर्दै प्रमुख अतिथि थापाले श्रमिकको मुहारमा खुशी ल्याउने बताए ।

उनले प्रदेश सरकार र संघीय सरकारमार्फत चिया श्रमिकका जीविकोपार्जनलाई सहज बनाउने, श्रम ऐन र सामाजिक सुरक्षा कोष कार्यान्वयन, रासन कार्ड लगायतका समस्या समाधानमा पहल गर्ने बताए ।

चिया क्षेत्रको विकास र यसमा आश्रित सबैको हितका लागि प्रदेश सरकारलाई जिम्मेवार बनाउन आफू लागीपर्ने थापाको भनाइ थियो ।

संघका अध्यक्ष दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बर्ने चिया कमानका भक्तवहादुर विश्वकर्मा र मित्तल टी इस्टेटकी जोगवती राजवंशीलाई सम्मान गरिएको थियो ।

समारोहमा ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्य, केन्द्रीय उपमहासचिव ज्योति कोइराला, ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्ष नारायणवावु कार्की, नेपाली कांग्रेस झापाका उप सभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाँई, टे«ड युनियन कांग्रेस मोरङका सभापति सुशील कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताले चिया श्रमिकका समस्या समाधानमा आ–आफ्नोतर्फबाट लाग्ने प्रतिबद्धतासहित सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाल चिया बगान श्रमिक संघकी महिला उपाध्यक्ष नर्वदा निरौलाले स्वागत गरेको कार्यक्रम महासचिव जीवन खड्काले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here