किसान महासंघको अध्यक्षमा पुन : दंगाल

0
79

दमक ।

अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय महासम्मेलन बाट अध्यक्षमा पुन:दंगाल निर्वाचित हुनुभएको छ ।

चैत ३० गते झापाको कमल गाउँपालिका ५ स्थित आदिबासी रंगशालामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको महासम्मेलन त्यसपछि दमक ४ स्थित दाहाल प्रतिष्ठानमा सम्पन्न भएको वन्द शत्रले संघको राष्ट्रिय समिति अध्यक्षमा पुन डा. प्रेम दंगाललाई अध्यक्षमा सर्वसम्मच चयन गरेको हो ।

त्यसैगरी उपाध्यक्षमा झापाका बेनुप्रसाद शिवाकोटी दोश्रो कार्यकालका लागि पुन निर्वाचित हुन भएको छ भने अन्य उपाध्यक्षहरुमा राजकुमार उप्रेती, सुर्यबहादुर साही, खड्गबहादुर खड्का र रामशरण आले सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

यस्तै महासंघको महासचिवमा बाबुराम थापा निर्वाचित हुनुभएको छ भने सचिवमा झापाकै विश्व बराल निर्वाचित हुनुभएको छ । वन्दसत्रले अध्यक्षको प्रतिवेदन सहित संगठनको विधान समेत पारित गरेको छ ।

नयाँ कार्यसमितिको पहिलो बैठक बैशाख १६ गते काठमाडौमा बस्ने निर्णय भएको नवनिर्वाचित उपाध्यक्ष शिवाकोटीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here